ADVERTISING

Breaking News

गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी अध्यक्ष दाहाल विजयी

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका छन् । गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट दाहाल निर्वाचित भएका हुन् ।

दाहालले २६ हजार १०३ मत प्राप्त गरेका हुन् । उनी भारी मतान्तरले विजयी भएका हुन् । उनका निकटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन् । उनीहरूबीच १३ हजार ४ सय ६६ मतान्तर छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा छन । उनले ७ हजार ३९३ मत प्राप्त गरेका छन् ।

leave a reply