ADVERTISING

Breaking News

प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् ।

देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् ।

देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए  ।

बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।

leave a reply