ADVERTISING

Breaking News

यूएईले नेपाललाई दियो १७७ रनको लक्ष्य

काठमाडौं : यूएईले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

आयान खान र हजरत विलालले अन्तिम विकेटका लागि ८३ रनको अविजित साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको हो ।

मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको यूएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे ।

यस्तै अलिशन शराफुले सर्वाधिक ३३ रन बनाए । रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

यसअघिका दुई खेलमा १–१ को बराबरी रहेकाले यो खेलको विजेताले दुईदेशीय शृंखला जित्नेछ ।

leave a reply