ADVERTISING

Breaking News

उम्मेदवारको पक्ष विपक्षमा उभिने कर्मचारीलाई कारबाही गर्ने आयोगको चेतावनी

सरकारी सेवा नै धरापमा पर्न सक्ने स्पष्ट

काठमाडौ । निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष÷विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्ष÷विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने आयोगले जनाएको हो । निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहका कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढंगले निगरानी राखेको पनि जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन हुन नदिने पनि बताएको छ । अबका तीन दिन दल वा त्यसका उम्मेदवारहरुले आचारसंहीता उल्लंघनको घटना बढाउने सक्ने आँकलन गरी आयोगले सोही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको जनाएको छ ।
निर्वाचन आयोगले गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको पनि जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन आयोगले सबै खालका शक्ति परिचालन भएको आयोगको भनाइ छ ।

leave a reply