ADVERTISING

Breaking News

यौनिक तथा अल्पसंख्यकहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्न नहुनेमा सरोकारवालाको जोड

काठमाडौ । सरोकारवालाहरुले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुने बताएका छन् । उनीहरुले संविधानमा महिला र पुरुषबीच मात्रै विवाह गर्ने कुरा उल्लेख गरिएकाले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरिएको बताएका हुन् । दलहरुले चुनावी घोषणापत्रमा यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुको पक्षका बुँदाहरु विभिन्न तरिकाबाट समेट्ने गरेपनि कार्यान्वयन गर्ने बेलामा हात कमाउने गरेको अधिकारकर्मीको गुनासो छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभातर्फ अल्पसंख्यक व्यक्तिहरुको उम्मेदवारी एउटा मात्रै परेको छ । अल्पसंख्यकमा नेपाल जनता पार्टीबाट सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभातर्फ २ मा महेन्द्र साह तेलीले उम्मेदवारी दिएका छन । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत हाल्ने यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुको संख्या १ सय ८५ रहेको छ ।

leave a reply