ADVERTISING

Breaking News

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुग्यो, १९ हजारभन्दा बढीमा संक्रमण पुष्टि

नेपालमा डेंगु संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २४ पुगेको छ । दुई महिना यता तिव्र रुपमा फैलिएको डेंगुबाट पछिल्लो समय विभिन्न अस्पतालमा उपचार गराइरहेका तीन जनाको मृत्यु भएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको हो । महाशाखाका अनुसार देशभर डेंगु संक्रमितको संख्या १९ हजार २३ पुगेको छ । सबैभन्दा बढी काठमाडौँमा ५ हजार १ सय ३१, ललितपुरमा ५ हजार १ सय ४ र भक्तपुरमा ७ सय १३ जना संक्रमित भएका छन् । उपत्यका बाहिर मकवानपुरमा सबैभन्दा बढी १ हजार ८ सय २९ जनामा डेंगु देखिएको छ । त्यसैगरी, दाङ, रुपन्देही, चितवन, धादिङ, काभ्रे, गुल्मी र कैलालीमा पनि संक्रमितको संख्या उल्लेख्य रहेको छ । यसैबीच, सरकारले डेंगु महामारीको घोषणा गर्ने तयारी गरेको छ । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य मन्त्रालयलाई डेंगु महामारी घोषणा गर्न प्रस्ताव गरेको हो । डेंगु व्यापक फैलिएको र नियन्त्रण बाहिर जान लागेकाले महामारी घोषणा गर्नका लागि प्रारूप तयार गरेर महाशाखाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको हो ।

leave a reply