ADVERTISING

Breaking News

डेंगु महामारीको घोषणा गर्ने सरकारको तयारी, नियन्त्रणबाहिर जान लागेको स्वास्थ्य मन्त्रालयको निस्कर्ष

सरकारले डेंगु महामारीको घोषणा गर्ने तयारी गरेको छ । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य मन्त्रालयलाई डेंगु महामारी घोषणा गर्ने प्रस्ताव गरेको हो । डेंगु व्यापक फैलिएको र नियन्त्रणबाहिर जान लागेकाले महामारी घोषणा गर्नका लागि प्रारूप तयार गरेर ईडिसिडीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाएको हो । नेपालमा यसवर्ष २१ जनाको मृत्यु भएको छ । दुई महिनामा मात्रै १७ हजार संक्रमित पुगेका छन । नेपालमा सन् २००४ मा डेंगु पुष्टि भएको थियो । सन् २०१० र २०१७ मा पनि धेरै संख्यामा डेंगुका बिरामी भेटिएका थिए ।

leave a reply