ADVERTISING

Breaking News

रुसले युरोकप २०२४ को छनोट खेल्न नपाउने, युक्रेनमाथि आक्रमण गरेका कारण यूईएफएको प्रतिबन्ध

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोकप २०२४ को छनोटमा रुसलाई प्रतिबन्ध गरेको छ । युक्रेनमाथि आक्रमण गरेपछि यूईएफएले रुसलाई युरोकप छनोटमा प्रतिबन्ध लगाएको हो । गत फेब्रुअरीबाट रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ । जसको कारण यूईएफए र फिफाले रुस र रुशी क्लबलाई प्रतिबन्ध लगाउँदै आएको छ । जर्मनीले आयोजना गर्ने युरो २०२४ का लागि ’ड्र’ अक्टोबर ९ मा फ्रान्कफर्टमा हुनेछ । रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोर्ट्स कास मा अपील गरेको थियो । तर, अपील जुलाईमा खारेज भएको थियो । रुसलाई कतारमा आयोजना फिफा विश्वकपमा समेत प्रतिबन्ध गरिएको छ ।

leave a reply