ADVERTISING

Breaking News

अग्निपथका विषयमा नेपालले तत्काल कुनै निर्णय नगर्ने परराष्ट्र मन्त्रालयको प्रष्टोक्ति 

काठमाडौ । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका बिषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुने सम्भावन नरहेको स्पष्ट पारेको छ । आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन । अहिले सरकार पूर्ण रुपमा निर्वाचनको तयारीमा लागेकाले र यस बिषयमा राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि अहिले कुनै निर्णय नहुने उनको भनाइ छ ।
प्रवक्ता भट्टराईले नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले नै गर्ने भन्ने रहेको जानकारी दिए । उनले प्राकृतिक प्रकोपमा फसेको पाकिस्तानलाई मानविय हिसावले नेपालले सक्ने सहयोग गरेको र आागमी दिनमा सहयोग आदान प्रदान हुने बताइन ।

leave a reply