ADVERTISING

Breaking News

फुटपाथ व्यवसायीले थाले काठमाडौँ महानगरविरुद्ध आन्दोलन

विकल्प नदिई हटाएको भन्दै महानगरको कार्यालय घेराउ

 

काठमाडौं महानगरपालिका विरूद्ध फुटपाथ व्यवसायी आन्दोलनमा उत्रिएका छन । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका छन । सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसर घेराउ गर्न पुगेका थिए ।
महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ ।
विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरविरुद्ध उनीहरु आन्दोलित भएका हुन् ।

leave a reply