ADVERTISING

Breaking News

जनताले माओवादीलाई देशको चाबी सुम्पिन चाहेका छन्: दाहाल

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । आज पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको बताएका हुन । अध्यक्ष दाहालले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके निर्वाचनमा माओवादी नै पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरे ।
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीति कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताए । माओवादी पार्टी कमजोर भए कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका दाहालको छ । उनले पार्टी भित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा लाग्नुपर्ने आवश्यकता औल्याए । पार्टीलाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

leave a reply