ADVERTISING

Breaking News

चिनियाँ नेता ली झान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त हुने

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् ।

उनले आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । बालुवाटारमा हुने भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी हुनेछ ।

उनले आज नै एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि उनले आजै भेटवार्ता गर्ने कार्यक्रम छ ।

अध्यक्ष ली र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच पनि दिउँसो भेटवार्ता हुँदैछ । उनले आजै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनासँगपनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

सभामुख अग्नी सापकोटाको निमन्त्रणामा अध्यक्ष जि चार दिने नेपाल भ्रमणमा आएका हुन् । लीको सुरक्षाका लागि भन्दै कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ ।

leave a reply