ADVERTISING

Breaking News

 कृति अवार्डको १२औं संस्करण आज हुँदै, बिभिन्न ३१ बिधामा पुरस्कृत गरिने

नेपालको बिज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करण आज हुँदैछ । नेपाल बिज्ञापन संघ (आन) ले २०६० साल देखि शुरु गरेको यो अवार्डमा विभिन्न विधामा सृजनशिलतालाई सम्मान गरिने छ । यस वर्ष सम्पन्न हुने १२ औं कृति अवार्डस्लाई हिमालयन डिस्टिलरी लिमिटेडको गोल्डेन ओक ब्रान्डले टाइटल स्पोन्सर गरेको छ । कृति अबार्डस् बिज्ञापन क्षेत्र लगायत सम्र्पूण मिडिया र बिज्ञापनदाताहरुको सामुहिक उत्सवको रुपमा आयोजना गर्नेे गरिएको छ । मुलुककै समग्र संञ्चार क्षेत्रको समसामयिक ब्यबसायिक परिस्थिती झल्काउन यो अवार्डको भूमिाका खेल्दै आएको छ ।१२औं कृति अवार्डस्मा २०७६ बैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका बिज्ञापन तथा प्रबर्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिएको छ । ं कृति अवार्डस्मा विज्ञापन सिर्जनशिलता सम्बद्ध मेन स्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी बिभिन्न ३१ बिधामा पुरस्कृत गरिने भएको छ ।।

leave a reply