ADVERTISING

Breaking News

पूर्व न्यायाधीश साहको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौ । बर्खास्तीमा परेकी पूर्व न्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । आज नहकुल सुवेदीको एकल इजलासले न्यायपरिषदको सिफारिसमा बर्खास्तीमा परेकी साहको सक्कल फाइल झिकाउन आदेश दिएको हो । साहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्ति र बर्खास्ती गर्दाको निर्णय सम्बन्धी सक्कल फाइल तथा व्यक्तिगत फाइल न्याय परिषदबाट पेशीका दिन इजलास समक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने आदेश सर्वोच्चले गरेको हो । गत असार २४ गते न्याय परिषद्ले न्यायाधीश साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको थियो । परिषद्ले साहलाई बर्खास्त गर्दा नियुक्ति लिने समयमा आफ्नो अयोग्यता लुकाएको आरोप लगाएको छ । बर्खास्तविरुद्ध साहले साउन १९ गते सर्वोच्च अदालतमा निर्णय बदर गर्न माग गर्दै रिट दर्ता गराएकी थिइन । उनको रिटमा न्याय परिषद, कामु प्रधानन्यायाधीश, कानुन तथा न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, दुई न्याय परिषद्का अन्य सदस्य, कामु मुख्य रजिष्ट्रार र न्याय परिषद्का सचिवलाई विपक्षी बनाइएको छ ।

leave a reply