ADVERTISING

Breaking News

शेयर बजारमा दोहोरो अंकले गिरावट

काठमाडौ । शेयर बजारमा आजपनि दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से १७ दशमलव ६७ अंकले घटेर दुई हजार एक सय ६ दशमलव १६ विन्दुमा पुगेको हो । बजारमा दुई सय १४ कम्पनीको २ अर्ब ८५ करोड ७० लाख ७२ हजार नौ सय ६१ रुपैयाँ बराबरको ६५ हजार २७ सय ४१४ कित्ता शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको २० करोड ७१ लाख बराबरको सेयर कारोबार भएको छ । त्यस्तै एनआईबीएल १० करोड ८५ लाख बढिको सेयर कारोबार गरी दोस्रो स्थानमा रहेको छ कारोबारमा आएका १३ समूहमध्ये ११ को घटेको छ । गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । दोहोर अंकले ओरालो लागेको सेयर बजारमा मनु एन्ड एन्ड प्रो र म्युचुअल फन्डको सूचक क्रमश शुन्य दशमलब एक र शुन्य दशमलब २७ प्रतिशतले बढेको छ । बैंकिङ ६, विकास बैंक ५३, फाइनान्स २४, होटल तथा पर्यटन ४६, जलविद्युत् २६, जीवन बीमा एक सय एक, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ३६, अन्य ३८ र ब्यापार उपसमूह ११ अंक घटे । उत्पादन उपसमूह भने ५ अंक बढ्ेको छ ।

leave a reply