ADVERTISING

Breaking News

साउन अन्तिम सातादेखि कुहिने फोहोर काठमाडौंमै व्यवस्थापन शुरु हुने, फोहोरबाट मल उत्पादन गरिने

काठमाडौं : साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहोर यहीँ नै व्यवस्थापन शुरु हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न कीर्तिपुरमा काम अघि बढाउने भएको हो । त्यसका लागि महानगरले पचास रोपनी जग्गा प्राप्त गरेको छ ।

सो स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहोरको व्यवस्थापन गरी मल उत्पादन गर्ने लक्ष्य छ ।

उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी महानगरको छ ।

महानगरले साउन एक गतेदेखि कुहिने र नकुहिने फोहोरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि शुरु गरिसकेको छ ।

सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहोरको दीर्घ समाधानका लागि स्थान पहिचान भैरहेको महानगरको भनाइ छ ।

चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको महानगरले जनाएको छ ।

leave a reply