ADVERTISING

Breaking News

अर्थमन्त्रालयले चोर बाटोबाट बढायो कर्मचारीको तलब, बजेटमा घोषणा गरिएभन्दा धेरै बढाइयो

काठमाडौं : अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब वृद्धि गरेको छ ।

चालू आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले जेठ १५ गते सबै तहका कर्मचारीको तबल १५ प्रतिशतले वृद्धि गरेको थियो ।

तर चोर बाटोबाट अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेर निजामती सेवाका शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीहरूको तलब २४ प्रतिशत बढाएको हो ।

अघिल्लो महिनासम्म ३७ हजार ९ सय ९० तलब पाएका अधिकृतहरूले साउन महिनाबाट ४७ हजार २ सय ८ रुपैयाँ तलब पाउने भएका छन् ।

अर्थ मन्त्रालयले अधिकृतको २४, उपसचिवको २३ दशमलब तीन, सहसचिवको २३ दशमलब छ र सचिवको १८ दशमलब चार प्रतिशतले वृद्धि गरिएको हो ।

अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बजेटमा घोषणा गरे भन्दा बढी हुने गरी तलब वृद्धिका लागि स्वीकृति दिएको छ ।

मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमान तोकेको हो ।

बजेटमा घोषणा गरिएभन्दा धेरै तलब बढाइनु गलत भएको अर्थविदको भनाइ छ ।

कामको जिम्मेवारीअनुसार तलब फरक हुन सक्ने भएकाले मर्यादाक्रम माथि छ भन्दैमा तलब धेरै हुनैपर्ने भन्ने नहुने अर्थविद बताउँछन् ।

leave a reply