ADVERTISING

Breaking News

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौ । प्रतिनिधि सभाले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रस्तावको सम्बन्धमा छलफलपछि प्रस्ताव समितिमा पठाइएको हो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रश्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए सभामुख सापकोटाको प्रश्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ ।
अव महाअभियोग प्रस्तावको विषयमा समितिमा छलफल हुनेछ । समितिले कारवाही अघि बढाएपछि प्रधान न्यायाधीश राणाले सफाई पेश गर्न सात दिनको समय पाउनेछन । सफाइ चित्त नबुझेमा समितिले महाअभियोग प्रस्तावलाई निणयार्थ पेश गर्न सदनमै पठाउन सक्नेछ । प्रस्ताव पारित गर्न प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमत आवश्यक हुन्छ । गत फागुन एक गते कांग्रेस, माओवादी र एकीकृत समाजवादीका ९८ सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । राणालाई विभिन्न २१ वटा आरोपसहित महाभियोग दर्ता भएको हो । प्रस्ताव दर्ता भएको साढे पाँच महिनापछि बल्ल उक्त प्रस्तावमाथिको छलफल अघि बढन लागेको हो ।

leave a reply