ADVERTISING

Breaking News

राष्ट्रपति भण्डारीद्धारा शितल निवासमा पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पूर्वपरराष्ट्रमन्त्रीहरुसँग परामर्श गरेकी छिन । मुलुकको परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालनबारे उनले राष्ट्रपति भवन शितल निवासमा छलफल गरेकी हुन । राष्ट्रपतिले देशको पछिल्लो कूटनीति सञ्चालन र बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी माग गरेको छलफलमा सहभागी पूर्व परराष्ट्रमन्त्रीहरुले जानकारी दिएका छन । भेटमा राष्ट्रपतिले रुस युक्रेन युद्ध, चीन ताइवनविच बढदो तनाव र अन्र्तराष्ट्रिय फोरममा नेपालको उपस्थिती र त्यसवाट उत्पन्न परिस्थितीबारे पूर्व परराष्ट्रमन्त्रीहरुको राय लिएकी हुन । पूर्व परराष्ट्रमन्त्रीहरुले नेपालको परराष्ट्रमन्त्री सरकार फेरिए पिच्छे फरक हुँदा प्रश्न उठने गरेको गुनासो गरेका छन । छलफलमा पूर्वपरराट्रमन्त्रीहरु रमेशनाथ पाण्डे, प्रदीप ज्ञवाली, रामशरण महत, प्रकाशचन्द्र लोहनी लगायत सहभागी भएका थिए ।

leave a reply