ADVERTISING

Breaking News

क्युवाको तेल डिपोमा चट्याङ परेर भयंकर आगलागी, १ सय २० जना घाइते

क्युवाको एक तेल डिपोमा चट्याङ परेर भयंकर आगलागी हुँदा एक सय जन भन्दा बढी घाइते भएका छन । मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा शनिबार चट्याङ पर्दा आगलागी हुँदा एक सय २० जना घाइते भएका हुन । अस्पताल भर्ना गरिएको अधिकांशको अवस्था गम्भीर रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगलागीमा परी कम्तिमा २१ जना मानिस हराइरहेका छन । आगलागीले ठूलो मानवीय समस्या निम्तिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन । आगो निभाउन गएका १७ वटा बारुण यन्त्रको अवस्था पनि अज्ञात रहेको छ । तेल डिपोमा चट्याङपछि आगलागी हुँदा दुईवटा सूर्य एकैपटक उदाय झैं महसुस भएको स्थानीयले बताएका छन । छिमेकी मुलुक भेनेजुएला, मेस्किको र चिलीले आगो नियन्त्रण तथा घाइतेहरुको उद्धारका लागि सहयोग टोली पठाएका छन । रुसले पनि सहयोग पठाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अमेरिकाले दिएको प्राविधिक सहयोग पनि क्युवाले स्वीकार गरेको छ ।

leave a reply