ADVERTISING

Breaking News

स्वास्थ्य बीमालाई सरकारले व्यावसायिक बीमाको रुपमा बुझ्यो : एमाले

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाएका छन् ।

आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले बीमा कार्यक्रमलाई व्यावसायिक नभई सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताएका हुन् ।

सांसद भट्टराईले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै एक लाखबाट अब १० लाख बनाउनुपर्ने बताए ।

सांसद भट्टराईले सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप समेत लगाए ।

उनले गंगाललमा अस्पतालमा ६० वर्षे उमेरहदका कारण सेवानिवृत्त गर्नुपर्ने डाक्टरका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्रीको निर्देशनमा ६३ वर्षको उमेर हद गर्नेगरेर नियमावली संशोधन गरिएकोप्रति आपत्ति जनाए ।

सांसद भट्टराईले सेवानिवृत्त भएका डाक्टरहरुलाई सेवामा राखिराख्न बहादुरी सरकारले नागरिकता नै ४० वर्ष बनाइदिन भन्दै सरकारप्रति व्यंग्य समेत गरे ।

leave a reply