ADVERTISING

Breaking News

सिके राउतले उपेन्द्र यादव र महन्थ ठाकुरलाई गरे सहकार्यको प्रस्ताव

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस केन्द्रीय दलसँग आगामी निर्वाचनमा सहकार्यको प्रस्ताव गरेका छन् ।

राउतले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेर प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सहकार्यका लागि प्रस्ताव राखेका हुन् ।

भेटमा आगामी निर्वाचनमा कसरी सहकार्य गरेर अगाडि बढ्ने विषयमा सकारात्मक कुरा भएको राउतको सचिवालयले जनाएको छ ।

राउतले सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईबाट चुनाव लडने घोषणा गरिसकेका छन् । सो जसपा अध्यक्ष यादवको निर्वाचन क्षेत्र हो ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरूसँग पनि विभिन्न चरणको संवाद भैरहेको जनमत पार्टीले जनाएको छ ।

दलहरुबीच सहमति हुन नसके जिल्ला निर्वाचन क्षेत्रअनुसार समझदारी र सहकार्य हुनसक्ने सम्भावना रहेको सो पार्टीले जनाएको छ ।

leave a reply