ADVERTISING

Breaking News

साफ यु-२० : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

काठमाडौं : साफ यु-२० फुटबल प्रतियोगिताको उपाधि का लागि आज भारत र बंगलादेश भिड्दैछन् ।

खेल नेपाली समयअनुसार साँझ सवा सात बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ ।

प्रतियोगितामा अपराजित बंगलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।

बंगलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो ।

भारत भने बंगलादेशसँग दुई–एक गोलले पराजित भएको थियो । आज भारत हारको बदला लिने अवसर रहेको छ भने बंगलादेश सोही परिणाम दोहोर्‍याउदै उपाधि उठाउने प्रयासमा हुनेछ ।

प्रतियोगितामा बंगलादेश, भारत, नेपाल, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको थियो ।

सन् २०१९ मा भएको प्रतियोगितामा पनि फाइनलमा बंगलादेशलाई २–१ ले हराएर भारतले उपाधि जितेको थियो ।

leave a reply