ADVERTISING

Breaking News

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुने

काठमाडौं : सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ ।

सरकारले निर्वाचन मिति घोषणा गरिसकेकाले गठबन्धनका दलहरुले प्रतिनिधि सभा र प्रदेश सभामा सिट बाँडफाँडमा भागबण्डाको तयारी गरेका छन । त्यसका लागि आजको बैठकले कार्यदल बनाउने सम्भावना छ । प्रतिनिधि सभामा प्रतक्ष्यतर्फ कम्तीमा एक सय सिट आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ ।

कांग्रेस आफूलाई बहुमत पुग्ने गरी सिट राख्ने र बाँकीमा चार दललाई सहमत गराउने रणनीतिमा छ । अन्य दल भने कांग्रेससँग बढी सिट लिने प्रयत्नमा छन् ।

तर अहिलेसम्म प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० क्षेत्रको बाँडफाँड गर्दा यति सिट दाबी भनेर औपचारिक रुपमा सत्ता–गठबन्धनले दाबी गरेका छैनन ।

leave a reply