ADVERTISING

Breaking News

एसपीपी मा प्रधानसेनापतिले भाग लिएको विषयमा संसदीय समितिले माग्यो सरकारसंग जवाफ

काठमाडौ । संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम एसपीपी मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारसंगे जवाफ माग गरेको छ । आज सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकले समितिले निर्देशन दिएको बैठकमा मन्त्री, सचिव र प्रधानसेनापति उपस्थित नहुनेले झनै यसमा सशंकित बनाएको निस्कर्ष निकालेको हो । समितिको निर्देशनअनुसार सम्बन्धित व्यक्तिहरु उपस्थित नहुनुले संसदको अधिकार क्षेत्र नै कमजोर पारिएको बैठकको निस्कर्ष छ ।
समितिले बोलाएको बैठकमा मन्त्रीको काम आइपरे पनि रक्षा मन्त्रालयका सचिव र प्रधानसेपति नआएकोमा बैठकमा समिति सदस्यहरुले असन्तुष्टि जनाएका छन । समितिले सम्बन्धित मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानसेनापतिलाई तत्काल समितिमा उपस्थितिका लागि पत्राचार गर्ने निर्णय पनि गरेको छ । आईपीएसको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले भाग लिएको बारे सरकारले जानकारी गराउनुपर्ने माग गरेको छ । समितिले बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, प्रधानसेनापति लगायतलाई बोलाएको थियो ।

leave a reply