ADVERTISING

Breaking News

मधेस प्रदेश सरकारद्वारा केन्द्र सरकार विरुद्ध चरणवद्ध संर्घषको घोषणा

 प्रहरी समायोजन गर्न आलटाल गरेको आरोप  

काठमाडौ । संघीय सरकारले प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै भन्दै मधेस प्रदेश सरकारले चरणवद्ध संर्घष गर्ने निर्णय गरेको छ । मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज जनकपुरमा पत्रकार सम्मेलन गरी मधेस प्रदेशले चरणवद्ध संर्घष गर्ने निर्णय गरेको जानकारी दिएका हुन । मन्त्री साहले सात दिने अल्टीमेटमसहित दिइने ज्ञापनपछि पनि सरकार प्रहरी समायोजन नगरे संघर्षका थप कार्यक्रहरु सार्वजनिक गरिने बताए ।
मधेस सरकारले बाइस गते प्रदेशमा रहेका सबै दलका प्रदेश सभा सदस्यसहित सबै मन्त्रीहरुको उपस्थितिमा प्रदेश प्रमुखलाई सात दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यसपछि थप आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ । प्रदेश सरकारले संघीय सरकारलाई यसबारेमा जानकारी गराउँदासमेत चित्तबुझ्दो जवाफ नआएको भन्दै चरणवद्ध आन्दोलन घोषणा गरेको हो । मन्त्री साहले गृह मन्त्रालयमा प्रहरी समयोजना सम्बन्धि सबै कामहरु पूरा भएको र प्रधानमन्त्री र केही कर्मचारीहरुले नै यसलाई आलटाल गरिरहेको आरोप लगाए । प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका नेताहरुलाई ज्ञापन बुझाएको तर संघीय सरकार समायोजन गर्नका लागि गम्भीर नदेखिएको आरोप लगाएको छ । मधेस सरकारको निर्णयमा प्रदेशका सबै राजनीतिक दलको समेत समर्थन रहेको छ । मधेस प्रदेश सरकारको अगुवाईमा असार २३ गते ६ वटा प्रदेशका गृह मन्त्रीहरुको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनलाई आधार लिई संघीय सरकारले आगामी साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।

leave a reply