ADVERTISING

Breaking News

क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव फैलिएपछि आपतकाल घोषणा

काठमाडौ । अमेरिकाको क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा गरिएको छ । मंकीपक्स प्रकोप नियन्त्रणका लागि क्यालिफोर्नियाका गभर्नर गोबिन न्याजामले आपतकाल घोषणा गरेका हुन । गभर्नर न्यूजामले क्यालिफोर्नियामा मात्रै २५ हजारलाई यस विरुद्धको खोप प्रदान गरिएको जानकारी दिएका छन । क्यालिफोर्नियामा मंकीपक्सका ८ सय २७ जना संक्रमित फेला परेका छन् । जसमा ९० प्रतिशत समलिंगी रहेका छन । मंकीपक्स संक्रमण रोकथामका लागि विशेष गरी समलिंगीहरुलाई एक–आपसको सम्बन्धबाट टाढा रहन सरकारले आह्वान गरेको छ । एउटै ओछ्यान, रुमाल र कपडा प्रयोग नगर्न तथा चुम्बन नगर्न समेत अपील जारी भएको छ ।

leave a reply