ADVERTISING

Breaking News

एन्फाको कार्यसमिति बैठक साउन २६ गते बस्ने

काठमाडौ । पटक पटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । भागबण्डा नमिलेपछि पटक पटक स्थगित हुँदै आएको बैठक तेस्रो पटक एन्फाले जानकारी दिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने बैठकमा विभिन्न पदाधिकारी नियुक्तिका विषयमा छलफल हुनेछ । एन्फाले कार्यसमिति बैठकका लागि १८ एजेन्डा तय गरिसकेको छ । बैठक एजेन्डामा बिबादित नेपाल सुपर लिग एनएसएल, प्रमुख सञ्चालन अधिकृत, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव, मानार्थ अध्यक्ष नियुक्तिका एजेण्डा रहेका छन । सहिद स्मारक लिग पनि बैठकको एजेण्डा रहेको छ । यस अघि साउन पाँच गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

leave a reply