ADVERTISING

Breaking News

भलिबल संघको अध्यक्षमा निरोज मास्केको उम्मेदवारी

काठमाडौ । नेपाल भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेका छन । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै संघकी वर्तमान उपाध्यक्ष मास्केले चुनावी घोषणा पत्र सहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । मास्केले संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय तहसँग सहकार्य गर्ने र नीजि क्षेत्र सहित विभिन्न रणनीतिक साझोदारलाई भलिबल खेलको विकाससंग जोड्ने एजेण्डा अघि सारेका छन ।
मास्केले नेपालको भलिबल विकासको विविध एजेण्डा र कार्यक्रम सार्वजनिक गरेका छन । भलिबलको पूर्वाधार विकासदेखि कार्यक्रम, प्रशिक्षण, प्रोत्साहन र प्रशासनीक सुधारको कार्यक्रमलाई अघि बढाउने उनको प्रतिबद्धता छ । तत्लो तहदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोही अनुसारको कार्यक्रम गर्ने, काठमाडौं सहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र संघको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने पनि मास्केले बताएका छन । नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुदैछ ।

leave a reply