ADVERTISING

Breaking News

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौं : दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आइपुगेका छन् ।

दुई दिने भ्रमणमा क्रममा उनी काठमाडौं आइपुगेका हुन् । उनी चार्टर्ड विमानमा भारत हुँदै अपरान्ह काठमार्डौं आएका हुन् ।

नेपाल सरकारले अमेरिकी एसपीपीलाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लुले नेपालको भ्रमण गरेका हुन् ।

सरकारले हालसम्म अमेरिकालाई औपचारिक रुपमा यसबारे पत्राचार भने गरेको छैन ।

सहायकमन्त्री लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले उनको भ्रमणलाई नियमित भनेको छ । लुले भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनीलाई प्रदान गर्ने कार्यक्रम छ ।

यस्तै, सहायकमन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने दूतावासले जनाएको छ । लु गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमण लगत्तै एमसीसी संसद्बाट अनुमोदन भएको थियो ।

leave a reply