ADVERTISING

Breaking News

नवनियुक्त राजदूतहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । बिभिन्न देशका नवनियुक्त राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा जापानका लागि डा. दुर्गाबहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), रुसी महासंघका लागि मिलनराज तुलाधार र डेनमार्कका लागि नवनियुक्त राजदूत प्रा.डा. राम स्वार्थ रायलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

उक्त अवसरमा राष्ट्रपति कार्यालयमा परराष्ट्रमन्त्री डा। नारायण खड्कासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो।

leave a reply