ADVERTISING

Breaking News

रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल अध्यक्षमा हमाल निर्वाचित

काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल अध्यक्षमा भक्तबहादुर हमाल निर्वाचित भएका छन् । संघको शनिवार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट हमाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको प्रथम उपाध्यक्षमा उमेश प्रसाद लामिछाने, द्वितीय उपाध्यक्षमा अर्जुन कुमार रायमाझी, महासचिवमा विनोद कुमार मानन्धर, सचिवमा समिर मरहठ्ठा र कोषाध्यक्षमा गणेश प्रसाद सापकोटा र्निवाचित भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यमा विनयराज सिग्देल, रेमन्त भट्ट, विजय खनाल, अर्जुन रानाभाट, खडानन्द पाण्डे र दीपक शर्मा निर्वाचित भएका हुन् । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल तीन बर्षको रहनेछ ।

द्वितीय उपाध्यक्षमा अर्जुनकुमार रायमाझी तथा २ जना केन्द्रीय सदस्यमा दिपक शर्मा र विनयराज सिग्देल सम्पन्न कार्यसमितिको पहिलो बैठकबाट विधानको प्रावधान बमोजिम मनोनीत भएका छन् ।

leave a reply