ADVERTISING

Breaking News

एसपीपीमा सहभागी नहुने पत्राचार तत्काल अमेरिकालाई पठाउने दवाव दिन नेपालको आह्वान

काठमाडौ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले एसपीपीमा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन । आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले केही दिन अघि मात्रै आफू र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई भेटेरै एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरेको जानकारी दिए । अध्यक्ष नेपालले सो सम्बन्धि पत्राचार छिटो अमेरिकालाई पठाउन सरकारलाई दवाव दिन पनि जनतालाई आह्वान समेत गरे ।
अध्यक्ष नेपालले एमसीसीमा व्याख्यात्मक टिप्पणी पनि रहेकाले सो सम्झौंताले मुलुकको अहित नगर्ने तर्क समेत गरे । उनले मुलुकको परराष्ट्र नीतिको मामिलामा दलहरुबीच राष्ट्रिय सहमति हुनुपर्ने आवश्यक्ता रहेको बताए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरे ।
नेता श्रेष्ठले अन्तरबस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा आपत्ति जनाएका हुन । नेता श्रेष्ठले दलहरुले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको दोहो¥याए ।।

leave a reply