ADVERTISING

Breaking News

‘एसपीपी’बारे सरकारले अमेरिकालाई पत्र पठाए, नपठाएको जानकारी गराउन मानेन: रावल

काठमाडौ । नेकपा एमालेका सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको आरोप लगाएका छन । आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा उनले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताएका हुन । उनले पत्र पठाए, नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको बताए ।
बाइट भीमबहादुर रावल, सांसद, नेकपा एमाले
सांसद रावलले बेलायतमा रहेका भुतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए । भारतले ’अग्निपथ योजना’ अन्तर्गत नेपाली युवालाई भर्ती गरेमा गोर्खा भर्ती सन्धि खारेज गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।।

leave a reply