ADVERTISING

Breaking News

भक्तपुरमा रुख ढलेर किच्दा तीन जनाको मृत्यु

काठमाडौ । भक्तपुरमा रुख ढलेर किच्दा तीन जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका एक सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीनजनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये नितेश खर्वुजाको पहिचान खुलेको छ । दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा अन्य बा¥ह जना घाइते भएका छन । घाइतेहरूको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर किचेको हो । ढलेको रुख नजिकै रहेको सैन्य स्कुलमा रहेका नेपाली सेनाको टोलीले हटाएको छ । यसैबीच घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुरका प्रजिअ शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छ । गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएका हुन ।

leave a reply