ADVERTISING

Breaking News

श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै, तीन उम्मेदवार प्रतिस्पर्धामा

एजेन्सी । श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपतिका लागि मतदान हुँदैछ । आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि संसदमा मतदान हुन लागेको हो । कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघे, जनता विमुक्ति पेरामुना पार्टीका अध्यक्ष अनुरा कुमारा दिशानायका र श्रीलंका पोदुजना पेरामुना पार्टीका सांसद दुल्लास अल्लाहपेरुमाले राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा छन । राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभुतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन । आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेले मुलुक छाडेका थिए । उनी माल्दिभ्स हुँदै सिंगापुर भागेपछि नयाँ राष्ट्रपति चयन प्रक्रिया अघि बढेको हो ।

leave a reply