ADVERTISING

Breaking News

विकास र निर्माणलाई गुणस्तरीय बनाउन प्रधानमन्त्री देउवाको निर्देशन 

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन । ६० औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाहरुबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन । प्रधानमन्त्री देउवाले देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत् आयोजना, सूचना प्रविधिलगायत पूर्वाधारको विकासको आवश्यकता हुने स्पष्ट पारे ।
प्रधानमन्त्री देउवाले जनताको आवश्यक्ता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरु थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यक्ता समेत औल्याए । उनले विकास, निर्माणको काममा ईन्जिनियरहरुलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

leave a reply