ADVERTISING

Breaking News

सोमबार स्थगित भएको एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने

काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ । एन्फाले आज स्थगित बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जानकारी दिएको हो । एन्फामा नयाँ नेतृत्व आएपछि पहिलो पटक बैठक बस्न लागेको हो । बैठकमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायत छलफलका एजेण्डा छन ।

leave a reply