ADVERTISING

Breaking News

एकैदिन थपिए ३५७ जना कोरोना संक्रमित

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ६८ र १ हजार पाँच सय जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको हो । चौबिस घण्टामा काठमाडौं उपत्यकामा १ सय ५४ जना संक्रमित थपिएका छन । काठमाडौंमा १ सय १९, भक्तपुरमा पाँच र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ३ सउ ११ पुगेको छ । आज ४१ जिल्लामा कोभिड १९ संक्रमित देखिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ८२ पुगेको छ । देशभर रहेका एक हजार ९८२ जना सक्रिय संक्रमितमध्ये एक हजार ८ सय ६५ जना होम आइसोलेसनमा र १ सय १७ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये १९ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनावाट पछिल्लो २४ घन्टामा कसैको मृत्यु भएको छैन । आज ३६ हजार ३ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन ।

leave a reply