ADVERTISING

Breaking News

मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढ्यो: मौसमविद

काठमाडौ । मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको हो । मनसुनको न्यून चापिय रेखा एक, दुई दिन भित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने मौसमविदको भनाइ छ ।
जल तथा मौसम विभागका अनुसार प्रदेश एक, मधेश र बागमतीमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको मौसमविदले बताएका छन ।
मौसमविद्ले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुनेपनि जानकारी दिएका छन । अहिले मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको बताइएको छ ।

leave a reply