रौतहट : रौतहटको बागमती नदीमा नुहाउने क्रममा बेपत्ता दुई बालक मृत अवस्थामा फेला परेका छन् ।
दुर्गाभगवती गाँउपालिका ३ मत्सरीका १३ वर्षिय हर्ष झा र वडा नम्बर २ भलोहियाका १३ वर्षिय आदित्य दास आज विहान मृत अवस्थामा फेला परेका हुन् ।
एक जनाको शव बहुअर्वा र अर्को जनाको पर्साटोलमा बाग्मती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।