ADVERTISING

Breaking News

स्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहमा उनले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्य लगायतका विधामा योगदान दिनेको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताए । उनले श्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले स्रष्टाहरुप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङ्गीण विकासमा स्रष्टाहरुको अझ योगदान हुने विश्वास व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधामा योगदान पुर्‍याउने ४३ जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

leave a reply