ADVERTISING

Breaking News

महिला युरो कप : इंग्ल्यान्डको विजयी शुरुवात

एजेन्सी : इंग्ल्यान्डले महिला युरो फुटबलमा विजयी शुरुवात गरेको छ ।

ओल्ड ट्रायफोर्डमा गएराति भएको खेलमा बेथ मेडको एक मात्र गोलमा इंग्ल्यान्डले अस्ट्रियालाई १-० गोल अन्तरले हराएको छ ।

खेल हेर्न ६८ हजार ८ सय ७१ दर्शकको कीर्तिमानी उपस्थित थियो । महिला युरोपेली च्याम्पियनसिपमा सहभागि दर्शकको संख्या यो अहिलेसम्मकै धेरै हो । यस अगाडि ३० हजार दर्शक सहभागी भएको तथ्यांक थियो ।

सरिनो वेगमनको प्रशिक्षणमा रहेको इंग्ल्यान्ड सेप्टेम्बरयता १५ खेलमा अपराजित रहेको छ । उनकै नेतृत्वमा नेदरल्यान्ड्सले सन् २०१७ को युरो जितेको थियो ।

जितसँगै समूह ए मा तीन अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा छ । अष्ट्रिया पुछारमा छ ।

जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।

leave a reply