ADVERTISING

Breaking News

रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, १७ घाइते

काठमाडौ । रामेछापको सुनापती गाउँपालिका पाँचस्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । नौ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागि अस्पताल ल्याउदै गर्दा वाटोमा मृत्यु भएको सुनापती गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जानकारी दिए । मृत्यु हुनेमा सुनापतीका बुद्धिलाल श्रेष्ठ, चन्द्र कुवेर श्रेष्ठ, समरिता तामाङ, सुनिता आलेमगर, पाँच वर्षीय बालक, अम्बिका खड्का, इमानसिंह तामाङ, कान्छीमाया तामाङ, ठूला तामाङ, खड्क तामाङ, खनियापानीका डम्बरकुमार आले, काभ्रेका सुदिप गजमेर र सिन्धुपाल्चोक साँगाचोकका धनमाया तामाङ रहेका छन् । रामेछापकै हिलेदेबीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस बिहान करिब दश बजे दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते १७ जनाको धुलिखेल र काठमाडौंमा उपचार भैरहेको छ । बसमा करिव चालिस यात्रु चढेको बताइएको छ । लुभुखोला माथिको घुम्तीबाट बस खसेर दुर्घटना परेको हो । ब्रेक फेल भएर बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

leave a reply