ADVERTISING

Breaking News

संसदमा ओलीले भने- इनफ इज इनफ, सरकारले अति नै गर्‍यो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा सरकारले अति गरेको बताएका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रोसँग काम नगरेको भन्दै ओलीले संसदमा ‘इनफ इज इनफ’ भनेका हुन् ।

अध्यक्ष ओलीले अमेरिकी एसपीपीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारको पालामा आएको थियो भनेर भ्रमपूर्ण कुरा गरेको भन्दै आपत्ति जनाए ।

दाहाल नेतृत्वको सरकारकै पालामा सो प्रोग्राम आएको र अहिले रद्द गराएर जनतालाई गुमराहमा राख्ने गरिएको उनले बताए ।

अध्यक्ष ओलीले एमसीसी तत्कालीन प्रधानमन्त्री सुशील कोइराला रक्षामन्त्री समेत भएका बेलामा रक्षा मन्त्रालयको निर्णय अनुुसार नेपाली सेनाले अमेरिकी दुतावासलाई पत्राचार गरेको र आफू प्रधानमन्त्री भएपनि त्यसबारे थाहै नदिएको पनि पटक पटक दोहोर्‍याए ।

leave a reply