ADVERTISING

Breaking News

मिस इण्डियाको ताज सिनी शेट्टीलाई

एजेन्सी : कर्नाटककी २१ वर्षीया सिनी शेट्टीले मिस इण्डिया २०२२ को ताज जितेकी छन् । मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् ।

२१ वर्षकी सिनी हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहेकी छन् ।

प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बनेका छन् ।

प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरू नेहा धूपिया, कृति सेनन, मलाइका अरोडा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायतको उपस्थिति थियो ।

leave a reply