ADVERTISING

Breaking News

आर्थिक वर्ष सकिन लाग्दा सरकारी खर्च दैनिक बढ्दै, एकदिनमा १३ अर्बसम्म भुक्तानी

काठमाडौं : आर्थिक वर्ष सकिन लाग्दा सरकारी खर्चको रफ्तार दैनिक बढ्दै गएको छ ।

असार महिना लागेपछि सरकारले पछिल्ला दिनहरुमा दैनिक १२ देखि १३ अर्ब भुक्तानी भैरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

केन्द्र सरकारको अति जरुरी बिल बिलबाहेक प्रदेश र स्थानीय सरकारले भुक्तानी असार २५ गतेसम्म मात्रै पाउने भएकाले आर्थिक वर्षको अन्त्यमा एकैपठक ठूलो रकम भुक्तानी हुने गर्दछ ।

सोही कारण सरकारी खर्चको गति दैनिक बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार सरकारले अहिले दैनिक एक लाखवटासम्म भुक्तानी दिइरहेको छ ।

असार लागेपछि मात्रै सरकारले ९९ अर्ब २४ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

चालु वर्षको बाँकी ११ दिनमा डेढ खर्बभन्दा बढी भुक्तानी हुने आकंलन गरिएको छ । पछिल्लो समय भुक्तानी प्रणाली विद्युतीय भएकाले समस्या कम हुने गरेको छ ।

योपटक सरकारले १६ खर्ब ३२ अर्बको बजेट बनाएपनि आर्थिक वर्ष सकिदासम्म झण्डै चार खर्बभन्दा बढी रकम खर्च नहुने देखिएको छ ।

गत वर्ष १४ खर्ब ७४ अर्ब खर्च गर्ने गरी बजेट कार्यक्रम ल्याएकोमा ११ खर्ब ८० अर्ब मात्रै खर्च भएको छ ।

leave a reply