ADVERTISING

Breaking News

न्यायाधिवक्ता थोकर सरुवा प्रकरणमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता संगीता थोकरलाई सरुवा गर्नुको कारण पेश गर्न महान्यायाधीवक्ता कार्यालयको नाममा आदेश जारी गरेको छ । सर्वोच्चले उनलाई सरुवा नगरी ललितपुरमा राख्नुपर्ने माग रहेको भन्दै त्यसवारे अन्तरिम आदेश जारी हुने कि नहुने भनी छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । कारण देखाउ आदेश जारी गर्दै सर्वाेच्चले अन्तरिम आदेश दिने÷नदिनेबारे छलफल गर्न दुवै पक्षलाई झिकाउन न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले आदेश दिएको हो । बलात्कारको मुद्दा कमजोर बनाउन नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले आफूलाई सरूवा गरेको भन्दै आएकी सरकारी वकिलको कार्यालय ललितपुरमा कार्यरत थोकरले सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन् । थोकरलाई जिल्ला अदालत ललितपुरबाट वागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता कार्यालय हेटौंडामा सरुवा गरिएको थियो । बलात्कार मुद्दा दायर गर्ने क्रममा महान्यायाधिवक्ता कार्यालयले दबाव दिएको भन्ने उनको आरोपमाथि छानबिन गर्न सहन्यायाधिवक्ताको नेतृत्वमा समितिसमेत बनाइएको छ । व्यापारी सुशील चटौतले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाइ तीन वर्षदेखि बलात्कार गरेको अभियोग छ । आरोपित चटौत पुर्पक्षका लागि थुनामा छन् ।

leave a reply