ADVERTISING

Breaking News

ओली र वामदेवबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमविच आज भेटवार्ता भएको छ ।

नयाँ पार्टीको घोषणा गरे लगत्तै गौतम ओली निवास बालकोट पुगेर छलफल गरेका हुन् ।

सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीसँग छलफल गरेको सो दलले जनाएको छ ।

गौतमले ओलीपछि अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने बताइएको छ । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने प्रयास स्वरुप गौतमले ओलीसँग छलफल गरेको बताइएको छ ।

ओलीले भने नेकपा फरक दलको अभ्यास गर्नु भन्दा नेकपा एमालेमै रहन गौतमलाई आग्रह गरेका छन् ।

एमाले छाडेपछि एकता अभियान चलाइरहेका गौतमले दुई दिन अघिमात्र नेपाल कम्युनिष्ट पार्टी एकता अभियान नामक दल दर्ता गरेका थिए ।

leave a reply