एजेन्सी : भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘प्रजातन्त्रको सबैले अनुसरण गर्नुपर्छ, हामी सर्वोच्चको आदेश मान्छौँ ।’ ठाकरे शिवसेनाका नेता हुन् ।
महाराष्ट्रमा अब भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।